वि.सं.२०८३ वैशाख १८ शुक्रवार

धार्चे गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पाण्डेसहित ७ जना विरुद्ध अख्तियारले गरो मुद्धा दायर

khanepani

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखाको धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेसहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ । आयोगले गोरखाको नौलीखोला तेस्रो लघु जलविद्युत आयोजना मर्मत तथा पुनः निर्माण कार्यमा काम गरेको भन्दा बढी रकम भुक्तानी गरेर अनियमितता गरेको उजुरीपछि अनुसन्धान गर्दा सरकारी रकम हिनामिना भएको पाइएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको हो ।

पाण्डेसहित तत्कालीन इन्जिनियर प्रविन वस्ती र सव–इन्जिनियर राम नारायण चौधरीले भुक्तानी दिने चरणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी झुट्ठा बिल भरपाई पेश गरेका थिए । यस्तै स्थलगत रुपमा गई नापजाँच नगरेरै गलत नापी किताव प्रतिवेदन तयार गरेको, कार्य सम्पन्‍न प्रतिवेदन लगायतका कागजात सदर गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायण प्रसाद रिसालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

उनका अनुसार आयोजना उपभोक्ता समितिका अध्यक्ष दमाई गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङले उक्त आयोजना निर्माण गर्दा कामभन्दा बढी मूल्याङ्कन गरेर झुट्ठा बिल भरपाई बनाई, नभएको कामको कार्य सम्पन्‍न प्रतिवेदन तयार गरी बढी रकम भुक्तानी लिएर सरकारी रकम हिनामिना गरेको पुष्टि भएको हो ।

यसैगरि आयोजनासँग सम्बन्धित वडा नम्बर ७ का अध्यक्ष सूर्यमान गुरुङले आफ्नो पदीय दायित्व पूरा नगरी उपभोक्ता समितिका अध्यक्ष र प्राविधिक समेतको मिलेमतोमा राज्यको सम्पत्ति हानिनोक्सानी गर्ने मनसायले बदनियत राखी कार्य सम्पन्‍न भएको भनी गलत अनुगमन प्रतिवेदन तयार गरेको उल्लेख छ ।

ranechhap