08, Oct, 2024

अग्रिम टिकट बुकिङ बन्द गर्न यातायात व्यवसायीको माग, विभागले बोलायो बैठक

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ आश्विन २०८१, मंगलवार ११:५७ | ६ दिन अगाडी

काठमाडौ । काठमाडौ यातायात व्यवसायीहरूले दसैंका लागि खुलाइएको अग्रिम टिकट बुकिङ बन्द गर्न आग्रह गरेका छन्।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज दिउँसो ३ बजे सरकारसँग यसबारे छलफल गर्ने बताए।

‘चारदिन देखिका यात्रुहरू अस्तव्यस्त छन्। टिकट भएपछि दबाब बढ्छ। बाटोका कारण गाडी समयमा आउन सकेका छैनन्,’ उनले भने।

अग्रिम टिकट असोज १२ गतेदेखि खुलाइएको थियो।

यातायात व्यवस्था विभागले दिउँसो ३ बजे बैठक डाकेको छ। बैठकमा यातायात श्रमिक र व्यवसायीहरूलाई पनि बोलाइएको छ।

१५ आश्विन २०८१, मंगलवार ११:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading