08, Oct, 2024

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माद्यमिक विद्यालयमा बाढी पसेपछि कक्षा ३ सम्मका विद्यार्थीलाई तिहारसम्म बिदा

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ आश्विन २०८१, मंगलवार ०९:५८ | ६ दिन अगाडी

काठमाडौ । त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माद्यमिक विद्यालयमा बाढीले क्षति पुर्‍याएपछि पठनपाठन बन्द गरिएको छ । बाढीले क्षति पुर्‍याएपछि कक्षा ३ सम्मका विद्यार्थीलाई तिहारसम्म बिदा दिइएको छ ।

गत बिहीबारदेखि शनिबार साँझसम्मको भारी वर्षासँगै बागमती नदीमा आएको बाढी विद्यालयमा पसेर क्षति पुर्‍याएको हो ।

बाढीका कारण भुइँतलामा रहेका फर्निचर, कम्प्युटर ल्याबका साथै महत्वपूर्ण कागजपत्र तथा शैक्षिक सामग्रीहरु नष्ट भएको विद्यालयका शिक्षक डिल्लीराम पौडेलले जानकारी दिए । उनका अनुसार डुबानमा परेर विद्यार्थी बोक्ने दुईवटा स्कुल बस बिग्रिएका छन् । दुवै बसको इन्जिनमा समस्या देखिएको छ ।

पौडेलका अनुसार ल्याबमा रहेका ३० थान ल्यापटप प्रयोग गर्नै नमिल्ने गरी बिग्रिएका छन् । सबैगरी एक करोडभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

भुइँ तलामा बाढी पसेका कारण नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीको पठनपाठन प्रभावित भएको हो ।

१५ आश्विन २०८१, मंगलवार ०९:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading