काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कर्दैछन् ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लागेका हुन् । उनी हिजै अमेरिकाबाट प्रस्थान गरिसकेका छन् ।
यही असोज ४ गते अमेरिका गएका ओली पूर्वनिर्धारित भ्रमण सकेर आज नेपाल आइपुग्दैछन् ।
उनी आज पौने पाँचबजे दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सचिवालयले जनाएको छ ।
ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए।









































