वि.सं.२०८३ वैशाख १७ बिहीवार

विराटनगरको कोशी अस्पतालमा कोभिडको कारणले गर्दा एकजना संक्रमितको मृत्यु

khanepani

विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा एकजनाको मृत्यु भएको छ । आइतबार राति झापाको दमकका ९२ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अन्य चारजना सदस्यसहित वृद्ध गत चैत २५ गते कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र भर्ना भएका थिए ।

सुगरका रोगी वृद्धको उपचारका क्रममा आइतबार राति १२ बजेतिर मृत्यु भएको (कोभिड–१९) उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतले जानकारी दिए । उनका अनुसार वृद्धको शव आफन्तको जिम्मा लगाइएको छ ।

कोशी (कोभिड–१९) अस्पतालमा हाल २ जना कोरोना संक्रमित उपचाररत छन् । करिब दुई महिना अस्पताल सुनसान बनेको थियो । तर कोरोनाको दोस्रो लहर शुरु भएसँगै अस्पतालमा विरामी आउन थालेका छन् ।

ranechhap