वि.सं.२०८३ असार ५ शुक्रवार

नेपाली बजारमा दोस्रो दिन पनि सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला कति पुग्यो?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यस अघि आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो।

यसैगरी, सोमबार चाँदीको भने स्थिर रहेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap