वि.सं.२०८३ वैशाख १८ शुक्रवार

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

khanepani

काठमाडौँ । प्रहरीले मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो सीआइबीले काठमाडौको तिलगंगामा लुकीछिपी बसिरहेको अवस्थामा प्रतिवादी ३८ वर्षीय जगत बहादुर राई राजनलाई पक्राउ गरेको जनाएको छ ।

मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दामा उच्च अदालत पाटनको फैसलाले १० वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेकोमा सजाय बेरुजू रही उनी फरार थिए ।

ranechhap