08, Nov, 2024

गोरखा मिडियाको प्रबन्ध निर्देशकका रुपमा बयान दिन पुगे रवि लामिछाने

बागमती भ्वाइस
बागमती भ्वाइस
७ भाद्र २०८१, शुक्रबार १६:२४ | २ महिना अगाडी

काठमाडौं । सहकारी छानबिन विशेष समितिले तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

शुक्रबार बसेको बैठकमा लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ ।

अहिले उनी समितिको बैठकमा पुगिसकेका छन् । उनीसँग समितिले सहकारी विशेषगरी सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा आएको रकमबारे बयान लिने छ ।

समितिले यही भदौ १६ भित्र छानबिन प्रतिवेदन पेश गर्नुपर्नेछ ।

७ भाद्र २०८१, शुक्रबार १६:२४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading