वि.सं.२०८३ साउन १३ बुधवार

नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेर प्रतितोला ११ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो।

उक्त मूल्य हालसम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने सामान्य घटेको छ।

बुधबार प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap