08, Oct, 2024

बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले कालीकोटमा एक सय ३३ घरधुरीले लगाएको मकै बालीमा क्षति

बागमती भ्वाइस
बागमती भ्वाइस
३२ श्रावण २०८१, शुक्रबार १६:५८ | १ महिना अगाडी

कालीकोट । बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले यहाँको शुभकालिका गाउँपालिका–१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको छ । हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको हो ।

पाक्ने बेलाको मकैमा हावाहुरीले क्षति पुर्‍याएको स्थानीय जवानसिंह सुनारले बताए । “यहाँ धानखेती हुँदैन । यहाँको मुख्य बाली मकै हो”, उनले भने, “हावाहुरीले मकै बाली नष्ट भएपछि किसान भोकमरी हुने चिन्तामा छन् ।”

अहिलेसम्म यहाँका किसानले कृषि बीमा गरेका छैनन् । यहाँको प्रमुख बाली मकै भएकाले हावाहुरीले ठूलो क्षति पु¥याएको शुभकालिका गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर रामजालीले बताए ।

“हावाहुरीले मकै बालीमा ठूलो क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “क्षतिका बारेमा गाउँपालिका तथा विपद् व्यवस्थापन कार्यालयलाई पनि जानकारी गराइएको छ ।”

३२ श्रावण २०८१, शुक्रबार १६:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading