काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लक्ष्मण अधिकारीले थामेमा गएको बाढीको सम्भावित क्षतिबारे अलर्ट गराइएको बताए ।
वडा नम्बर-४ का अध्यक्षसमेत रहेका अधिकारीले बाढी आएको थामे गाउँमा ४५ घरजतिमा क्षति पुगेको बताए ।
कुरा गर्दै उनले भने, ‘दूधकोशीको बाढी धेरै आएको र त्यसो हुनुमा हिमनदी फुटेको हो कि भन्ने छ । मानवीय क्षति भएको जानकारी आएको छैन । मानवीय क्षति जोगाउन टेलिकमलाई भनेर हामीले सूचना दिन भनिसक्यौँ ।’








































