वि.सं.२०८३ वैशाख १८ शुक्रवार

थामे अपडेट : ४० घरको बस्तीमा बाढी पस्यो, एक होटल र ४ घर बगे

khanepani

विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा आएको बाढीले केही घर बगाएको छ ।

हिम ताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन भइसकेको छैन । दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होटल बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती भएपनि अहिले सबै घरमा परिवार नरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रोशन खड्काले अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको बताए । घटनास्थलमा प्रहरी पुगेको र क्षति विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले थामे गाउँमा ठूलो बाढी आएको बताए ।

उनले भने, ‘अहिले भर्खरै प्रहरीको टोली पुगेको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।’

बाढी के कारण आयो भन्ने अहिलेसम्म पुष्टि भइनसकेको उनको भनाइ छ ।

ranechhap