वि.सं.२०८३ वैशाख १९ शनिवार

भन्सार र आन्तरिक राजस्वका महानिर्देशकसहित अर्थका आठ सहसचिवको सरूवा

khanepani

काठमाडौ । काठमाडौ सरकारले अर्थ मन्त्रालय मातहतका सहसचिवको सरूवा गरेको छ।

बिहीबारको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालय मातहतका ८ जना सहसचिवहरूको सरूवा गर्ने निर्णय गरेको हो।

अर्थ मन्त्रालयबाट बाहिरिनेमा आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारी, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला रहेका छन्।

यी दुवै सहसचिवलाई वर्षमान पुन अर्थमन्त्री भएपछि अर्थ मन्त्रालय सरूवा गरी दुई विभागको जिम्मेवारी दिइएको थियो।

तिवारीलाई कर्णाली प्रदेश प्रमुख कार्यालय र निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा गरिएको हो।

सहसचिवहरू नारायणप्रसाद सापकोटा, नरेन्द्रकुमार राना, टोकराज पाण्डे रितेशकुमार शाक्य र टंकप्रसाद पाण्डे पनि अर्थ मन्त्रालयबाट सरूवा भएका छन्।

अन्य मन्त्रालय तथा निकायबाट अर्थ मन्त्रालय सरूवा हुनेमा सहसचिवहरू हरिशरण पुडासैनी, महेश भट्टराई, श्यामप्रसाद भण्डारी, दीपक लामिछाने, गोपीकृष्ण कोइराला, यमुना प्रधान, कविता रेग्मी र मदन दाहाल रहेको मन्त्रालय स्रोतले जनाएको छ।

ranechhap