वि.सं.२०८३ भदौ २ मंगलवार

भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्चको आदेश

khanepani

काठमाडौं । भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिक आदेश दिएको छ ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जात्रा नरोक्न अन्तरिम आदेश भएको र त्यसको लिखित भोलि आउने नेपाल प्रेसलाई जानकारी दिए ।

न्यायाधीश पुरूषोत्वम भण्डारीको एकल इजलासले जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो ।

यसअघि चैत्र २२ गते भक्तपुर (कोभिड–१९) संकट व्यवस्थापन सञ्चालन केन्द्रको बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ता राजकुमार सुवालले रिट निवेदन दिएका थिए ।

गत वर्ष पनि कोभिडका कारण जात्रा हुन सकेको थिएन ।

ranechhap