काठमाडौं । वैदेशीक रोजगारीमा जानुभन्दा पहिले त्यो देशको बारेमा जानकारी दिने वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने ४४ वटा कम्पनीलाई ३ महिना काम गर्न रोक्का भएको छ ।
वैदेशिक रोजगार विभागले अघिमुखीकरण तालिम दिने ४४ वटा कम्पनीलाई ३ महिना काम गर्न रोकेको हो । वैदेशिक रोजार विभागका महानिर्देशक डण्डुराज घिमिरेले अभिमुखीकरण तालिम दिने ४४ वटा कम्पनीको काम रोक्का गरेको बताए ।
उनले भने, ‘वैदेशिक रोजगारीमा जानुभन्दा अघि रोजगारीमा जाने व्यक्तिलाई दिइने अभिमुखीकरण तालिमको लागि तोकेको मापदण्डअनुसार गर्नु भनेर पत्र पठाएका थियौं । व्यवसायीहरुले विभागको पत्रको कुनै मतलब गरेनन् । हामीले पहिले नै चेतावनी दिएका थियौं । तर, हामीले अनुगमन गर्दा तोकिएको मापदण्ड पुरा नगरेको देखिएपछि ४४ वटा कम्पनीको काम रोकेका छौं । हामीले अनुगमन गर्दा अभिमुखीकरण तिने कम्पनीको कक्षा कोठा नभएको, शिक्षक नभएको र तालिम नै नदिइ अभिमुखीकरण लिएको भनेर प्रमाण पत्र दिएका कम्पनीहरुको काम रोक्का गरेको हो ।’
४४ वटा अभिमुखीकरण तालिम दिने कम्पनीले ३ महिनाभित्र सुधार गरेपछि पुनः अभिमुखीकरण तालिम दिन पाउने छन् । विभागले सुधार गरेपछि पुनः अभिमुखीकरण तालिम दिन पाउने छ । सुधार नगर्ने कम्पनीले ३ महिनापछि पनि तालिम दिन पाउने छैनन् ।
वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले तालिम नै नदिइ अभिमुखीकरण तालिम लिएको भनेर प्रमाण पत्र दिने कम्पनीको ३ महिना काम रोकेको ठिक रहेको बताए ।
उनले भने, ‘काम नै नगरी अभिमुखीकरण तालिम दिएको भनेर प्रमाणपत्र दिने कम्पनीको काम रोक्नु राम्रो हो । तर, कसैको कुरा सुनेर कुनै कम्पनीको काम रोकिएको छ, भने त्यस्तो कम्पनीले अभिमुखीकरण तालिम दिन पाउनु पर्छ । तालिम नै नदिइ अभिमुखीकरण तालिम दिने कम्पनीले राजनितीक आड्मा ३ महिना रोक्का भएको खोल्लान कि भन्ने छ । त्यस्तो हुनुहुदैन ।’
अभिमुखीकरण तालिम दिने १४३ वटा कम्पनी रहेका छन् । जस मध्ये ४४ वटा कम्पनीको काम ३ महिना रोकिएको छ ।