वि.सं.२०८१ माघ २६ शनिवार

जनकपुर विमानस्थलबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको जहाजमा प्राविधिक समस्या

जनकपुरधाम । जनकपुरधामस्थित जनकपुर विमानस्थलबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको जहाजमा गडबडी देखिएपछि उडान रोकिएको छ ।

दिउँसो साढे १ बजे काठमाडौं उड्न लागेको जहाजमा प्राविधिक समस्या देखिएको यती एयरलाइन्सका कर्मचारी सुदीप महतोले बताए ।

उनले भने, ‘के समस्या भयो । हामीलाई थाहा भएन । पाइलट सरलाई नै थाहा होला ।’

जहाज मर्मतका लागि काठमाडौंबाट इन्जिनियर आउन लागेको उनको भनाई छ ।

अचानक जहाज बिग्रेपछि यात्रु अलपत्र परेका छन् ।

Untitled