14, Dec, 2024

कृष्णमान प्रधानलाई अनुमोदन गर्न नसक्ने कांग्रेस र एमालेको निष्कर्ष

बागमती भ्वाइस
बागमती भ्वाइस
१४ श्रावण २०८१, सोमबार १४:१८ | ४ महिना अगाडी

काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।

बिहान ११ बजे बोलाइएको संसदीय सुनवाइ समितिको बैठक स्थगित गरेर दुवै दलका सांसदहरु आन्तरिक छलफलमा जुटेका थिए । कांग्रेस र एमालेको छुट्टाछुट्टै छलफलपछि संयुक्त बैठक बसेको थियो ।

उक्त संयुक्त बैठकले कृष्णमानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेको एक सांसदले जानकारी दिए ।

सुनुवाइ समितिको बैठक साँझ ५ बजे बोलाइएको छ । त्यसबेलासम्म कृष्णमानले आफ्नो नाम फिर्ता नलिए सुनुवाइ समितिले अनुमोदन नगर्ने निर्णय लिने ती सदस्यले जानकारी दिए ।

१४ श्रावण २०८१, सोमबार १४:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading