05, Dec, 2024

अमेरिकी डलरको मूल्य स्थिर हुँदा बढ्यो युरो, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

बागमती भ्वाइस
बागमती भ्वाइस
१४ श्रावण २०८१, सोमबार ११:०५ | ४ महिना अगाडी

एजेन्सी । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।

आइतबार एकको खरिददर १३३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रूपैयाँ २७ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आइतबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४५ रूपैयाँ १५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८० पैसा तोकिएको छ।

आइतबार युरो एकको खरिददर १४५ रूपैयाँ ११ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४ पैसा घटेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७२ रूपैयाँ ०९ पैसा र बिक्रीमा १७२ रूपैयाँ ८६ पैसा पाइन्छ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ५४ पैसा र बिक्रीमा ८७ रूपैयाँ ९३ पैसा तोकिएको छ।

त्यसैगरी, सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ६२ पैसा र बिक्रीमा ९७ रूपैयाँ ०५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ७० पैसा र बिक्रीमा २८ रूपैयाँ ८३ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ४७ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १५ पैसा तोकिएको छ।

१४ श्रावण २०८१, सोमबार ११:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading