वि.सं.२०८३ साउन १६ शनिवार

प्रधानमन्त्री ओलीको बहिर्गमन अब छिट्टै हुन्छ, भट्टराई

khanepani

गोरखा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिट्टै बहिर्गमन गर्ने बताएका छन् ।

मंगलबार गृह जिल्ला गोरखा आएका उनले पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफ्नो पार्टी तयार रहेको बताए ।
लोकतन्त्रमाथि जहाँबाट खतरा छ त्यो हटाउनुपर्छ, त्यसैले प्रधानमन्त्रीको बहिर्गमन पहिलो शर्त हो, त्यसका लागि हाम्रो पार्टी जे गर्न पनि तयार छ,’ उनले बताए।

प्रधानमन्त्रीले राजीनामा दिने संकेत नभएका कारण हटाउनका लागि अविश्वासको प्रस्ताव ल्याउनुको विकल्प नभएको भट्टराईको भनाइ छ । ‘ओलीले राजीनामा गर्नुहुन्छ भन्ने अपेक्षा गर्न सकिन्न, नैतिकता नभएको मान्छेसँग त्यो आशा गर्नु मुर्खता हो, उहाँलाई हटाउने भनेको अविश्वासको प्रस्ताव ल्याउनु नै हो, उनले भने ।

अविश्वासको प्रस्ताव ल्याउदै गर्दा वैकल्पिक प्रधानमन्त्रीको उमेदवार पनि दिनुपर्ने भएकाले केही अन्योलता भएको भट्टराईले बताए । कांग्रेस, नेकपा माओवादी, जसपा र एमालेमा ओलीसँग असन्तुष्ट रहेका पक्षहरु मिलेर छिट्टै अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उनले जानकारी दिए ।

वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार जो पनि हुन सक्ने धारणा उनले व्यक्त गरे ।

ranechhap