08, Oct, 2024

बागमती प्रदेश सरकारमा एमाले मन्त्रीहरूकाे मन्त्रालय टुंगियाे, अमनलाई भौतिक

बागमती भ्वाइस
बागमती भ्वाइस
८ श्रावण २०८१, मंगलवार १५:४३ | २ महिना अगाडी

हेटौंडा । बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ ।

मंगलबार बिहान मात्रै एमालेले सरकारमा पठाउने आफ्नो सांसदको नाम टुंगो लगाएको थियो ।

एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ ।

त्यस्तै सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

एमालेका मन्त्री हुनेमा श्रेष्ठ बाहेक सबै नयाँ अनुहारका हुन् । श्रेष्ठ भने शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री थिए ।

जम्कट्टेल नेतृत्वको पछिल्लो सरकारमा रहेका जगन्नाथ थपलिया, केशव पोख्रेल, एकालाल श्रेष्ठ र रामेश्वर श्रेष्ठ २५ पुस २०७९ मा गठित सरकारमा पनि मन्त्री भइसकेका थिए ।

बागमतीको मुख्यमन्त्रीमा आज कांग्रेसका बहादुरसिं लामाले एमालेको समर्थनमा दाबी पेश गरेका छन् । उनको आजै साँझ ५ बजेसम्म नियुक्तिको तयारी भइरहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

भोलि ११ बजे मुख्यमन्त्री लामासहित अन्य १२ जना मन्त्रीको शपथ हुने जनाइएको छ ।

८ श्रावण २०८१, मंगलवार १५:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading