08, Oct, 2024

टीआरसी सहजीकरण गठित कार्यदललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए बालुवाटार

बागमती भ्वाइस
बागमती भ्वाइस
८ श्रावण २०८१, मंगलवार १०:५२ | २ महिना अगाडी

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहजीकरण गठित कार्यदललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी नेता जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री रमेश लेखकलाई प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

बिहान ११ बजेदेखि बैठकमा बस्न लागेको एक नेताले बताए ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल गर्न बनेकाे कार्यदलकाे कार्यविवरण लिन र त्यसबारे थप छलफल गर्न प्रधानमन्त्रीले बाेलाएकाे एक नेताले बताए ।

८ श्रावण २०८१, मंगलवार १०:५२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading