वि.सं.२०८१ फागुन ४ आइतवार

नेकपा सचिवालय बैठक ३ बजे, बैंठक अघि अध्यक्षद्वयओली र प्रचण्डबीच वार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने थापाले बताए । नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलएको हो । गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ । शुक्रबार डाँकिएको स्थायी कमिटी बैठक आइतवारसम्मका लागि स्थगन गरिएको छ ।

प्रचार विभाग उपप्रमुख थापाले सचिवालय बैंठक अघि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने बताए ।

Untitled