वि.सं.२०८१ फागुन ४ आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर. थोम्पसनको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर. थोम्पसनको भेटवार्ता भएको छ ।

भेटमा नेपाल र अमेरिकाको ७७ वर्ष पुरानो कूटनीतिक सम्बन्धको बारेमा छलफल भएको राजदूतले सार्वजनिक गरेका छन् ।

यस्तै, नेपाल र अमेरिकी सरकारका सहयोग परियोजनाबारेमा पनि छलफल भएको राजदूतले सार्वजनिक गरेका छन् ।

अमेरिकी राजदूतले भेट्नु अगाडि प्रधानमन्त्री ओलीसँग भारतीय तथा चिनियाँ राजदूतहरूले पनि भेटवार्ता गरिसकेका छन् ।

Untitled