वि.सं.२०८२ जेठ १ बिहीवार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

एजेन्सी । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०४ पैसा कायम गरिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ ४० पैसा र बिक्रीमा १४६ रूपैयाँ ०५ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १७३ रूपैयाँ ७४ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९० रूपैयाँ ३४ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ५४ पैसा र बिक्रीमा २८ रूपैयाँ ६७ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ र बिक्रीदर ३५५ रूपैयाँ ५९ पैसा तोकिएको छ।