एजेन्सी । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिदद १३३ रूपैयाँ ४० पैसा र बिक्रीदर १३४ रूपैयाँ कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४ पैसा घटेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ भने अघिल्लो दिनको तुलनामा बढेको छ।
आज पाउण्ड एकको खरिदमा १७२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १७३ रूपैयाँ ६६ पैसा तोकिएको छ।
शुक्रबार पाउण्ड एकको खरिददर १७१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ५० पैसा कायम गरिएको थियो।
युरोपियन युरो एकको खरिददर आज १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८९ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४९ पैसा बढेको हो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रूपैयाँ ३३ पैसा र बिक्रीमा ९० रूपैयाँ ७४ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ५६ पैसा र बिक्रीमा २८ रूपैयाँ ६९ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ४१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ८० पैसा र बिक्रीदर ३५५ रूपैयाँ ३९ पैसा तोकिएको छ।