वि.सं.२०८३ वैशाख १८ शुक्रवार

प्रधानमन्त्रीलाई विश्वासको मतबारे निर्णय गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

khanepani

काठमाडौ । काठमाडौ राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) संसदीय दलको बैठक शुक्रबार बिहान बस्दैछ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वास मतबारे छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिइन्।

यस अघि रास्वपाका चार जना मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए।

तर प्रधानमन्त्रीले विशवासको मत लिने बताएपछि उनीहरू रोकिएका थिए।

असार १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो।

उनीहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको थियो।

दुई ठूला दलबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएपछि सरकारमा रहेका एमाले, जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूले समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीको पक्षमा एकीकृत समाजवादी र रास्वपामात्रै छन्।

रास्वापाले मत दिने, नदिनेबारे संसदीय दलको निर्णयपछिमात्रै भन्न सकिने पार्टी उपसभापतिसमेत रहेका डिपी अर्यालले जानकारी दिए।

ranechhap