16, Jul, 2024

राप्रपा संसदीय दलको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्दै,राजनीतिक घटनाक्रमबारे छलफल हुने

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ असार २०८१, बिहीबार ०८:५७ | ५ दिन अगाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने राप्रपाले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार लिन लागेको विश्वासको मतबारे पनि बैठकमा छलफल हुने छ । मत दिने वा नदिनेबारे निर्णय गर्नेछ ।

साथै, संसदमा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा रणनीति बनाउने राप्रपाको तयारी छ ।

२७ असार २०८१, बिहीबार ०८:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading