रुपन्देही । लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेतासमेत रहेका मन्त्री अहिरले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा बुझाएका हुन् ।
जसपाले कांग्रेस–एमाले गठबन्धनको साथमा रहेको कारण माओवादी नेतृत्वको सो सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको सो पार्टीमा महासचिव इस्तियाक राईले बताए । राईले यो सँगै कृषि मन्त्रीबाट चौथोपटक राजीनामा बुझाएका हुन् ।
पछिल्लो प्रदेश सभामा बाँकेबाट निर्वाचित अहिर जसपा संसदीय दलको नेता हुन् । यसअघि तीन वटा मुख्यमन्त्री हुँदा तीनै पटक सरकारमा सहभागी हुँदा उनी कृषि मन्त्री नै बनेका छन् । अहिलेको सरकारमा सहभागी हुँदा भने उनले दुई पटक राजीनामा दिनुपरेको हो ।
जसपामा विवाद हुँदा उनले राजीनामा दिएका थिए । अहिलेसम्म उनले चौथोपटक राजीनामा दिएका छन् । अब बन्ने गठबन्धनमा पनि उनको दल सरकारमा सहभागी हुने जनाइएको छ । अब भने उनले रोजेको मन्त्रालय पाउँछन् वा पाउदैनन् भन्ने निधो छैन ।