काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा अहिले बैठक जारी छ ।
बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनुका साथै सरकारमा पठाउने मन्त्री छान्ने मापदण्ड, नेताहरूको जिम्मेवारी हेरफेरको विषयमा पनि छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
एमालेले अघिल्लो पटक नयाँ अनुहारलाई अवसर दिने नीति लिएको नेताहरू बताउँछन् । केपी ओलीलाई प्रधानमन्त्री बनाएर कांग्रेस-एमालेको समीकरण सुरू गर्ने सहमतिमा दुई दलले हस्ताक्षर गरिसकेका छन् ।
यसअघि हिजो बस्ने भनिएको सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।