22, Jul, 2024

अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरमा सडक भासियो

बागमती भ्वाइस
बागमती भ्वाइस
२६ असार २०८१, बुधबार १२:२४ | १ हफ्ता अगाडी

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । उक्त स्थानमा आज बिहान सडक भासिएको हो ।

“वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भनिन्,“सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।”

२६ असार २०८१, बुधबार १२:२४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading