16, Jul, 2024

रास्वपा अनुशासन आयोगले मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न गरो सिफारिस

Bagmati Voice
संवाददाता
२५ असार २०८१, मंगलवार ११:५२ | १ हफ्ता अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको सिफारिस गरेको छ ।

आयोगको सिफारिसमाथि केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।

यसअघि केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो । बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।

अनुशासन आयोगको सिफारिस केन्द्रीय समितिबाट अनुमोदन भएमा ढकालको २ वर्षे राजनीतिक यात्रा रास्वपामा बिसर्जन हुनेछ ।

२५ असार २०८१, मंगलवार ११:५२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading