वि.सं.२०८१ माघ ५ शनिवार

मनिष झा भन्छन्, प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्दा कांग्रेस-एमाले किन डराएको ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान र मुलुकको प्रणालीलाई दलहरूले अविश्वास गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै झाले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिन खोजेपछि त्यसबाट डराएर राजीनामा माग गरिरहेको जिकिर गरे । कांग्रेस-एमालेलाई चार दिनमा अर्को राजनीतिक परिस्थिति सिर्जना हुने डर पैदा भएको उनको आरोप छ ।

सांसद झाले कांग्रेस-एमालेबीच भएको सहमतिप्रति पनि आशंका जनाले ।

‘२०५९ सालमा ज्ञानेन्द्र शाहलाई र २०६९ साल चैतमा खिलराज रेग्मीलाई संविधान, सदन र सरकार बुझाए झैं अहिलेको संविधान, सदन र सरकार नबुझाउनु होला’, झाले भने ।

सांसद झाले सञ्चारमाध्यमका आएका तर्कहरुका आधारमा सहकारी प्रकरणमा संसदीय छानबिन गठन गरिएको भन्दै अहिले बाहिर आएका राजनीतिक पद अख्तियारीको दुरुपयोग गरेका घटनाका सन्दर्भमा कुन समिति बनाउने ? भन्दै प्रश्न गरे ।