16, Jul, 2024

बजेटमाथि छलफल गर्न बोलाइएको मधेश प्रदेशसभा बैठक जसपा नेपालद्वारा गरे अवरुद्ध

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ असार २०८१, आईतवार १३:५५ | १ हफ्ता अगाडी

जनकपुरधाम । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्न बोलाइएको मधेश प्रदेशसभा बैठक जसपा नेपालले अवरुद्ध गरेको छ ।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दल जसपा नेपालका सांसदहरु उठेर विरोध गरे । सो पार्टीका सांसद राजकुमार गुप्ताले सिस्टम ह्याक गरी ह्याकरले बजेट गडबड गरेको विषयमा छानबिन गर्नुपर्ने माग राखे ।

उनले भने, ‘तत्कालीन अर्थमन्त्री र सरकारले पनि बजेट ह्याक भएको स्वीकार गरिसकेको छ । त्यसैले छानबिन समिति गठन गरी छानबिन गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’

उनले दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए ।

सभामुख मण्डलले बजेट ह्याक गरिएको विषयमा मुख्यमन्त्री, अर्थमन्त्री र माननीयहरुले घण्टौं छलफल गरी अस्ति नै सहमति गरिसकेकाले पुनः दोहो¥याएर छलफल गर्नु ठीक हुन्छ र भन्ने प्रश्न गरेका थिए ।

तर, प्रतिपक्षी दलका सांसदहरुले छानबिन समिति गठन नभएसम्म बैठकको कामकारबाही अगाडि नबढाउन माग गरेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

२३ असार २०८१, आईतवार १३:५५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading