वि.सं.२०८२ जेठ १ बिहीवार

अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८८ पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिदद १३३ रूपैयाँ ३० पैसा र बिक्रीदर १३३ रूपैयाँ ९० पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा घटेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ भने अघिल्लो दिनको तुलनामा बढेको छ।

आज पाउण्ड एकको खरिदमा १७० रूपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रूपैयाँ २१ पैसा तोकिएको छ।

शुक्रबार पाउण्ड एकको खरिददर १७० रूपैयाँ ०२ पैसा र बिक्रीदर १७० रूपैयाँ ७८ पैसा कायम गरिएको थियो।

युरोपियन युरो एकको खरिददर आज १४४ रूपैयाँ २४ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३१ पैसा बढेको हो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८९ रूपैयाँ ७५ पैसा र बिक्रीमा ९० रूपैयाँ १५ पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३६ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ३० पैसा र बिक्रीमा २८ रूपैयाँ ४३ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ४१ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ३७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १४ पैसा तोकिएको छ।