16, Jul, 2024

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै, रास्वपाको स्थगित

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ असार २०८१, आईतवार ०८:२८ | १ हफ्ता अगाडी

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले त्यसअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । एमाले संसदीय दलको बैठक आइतबार बिहान १० बजे संसद भवनमा बस्दै छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भए अनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आजैका लागि बोलाइएको रास्वपाको संसदीय दलको बैठक भने विशेष कारण भन्दै स्थगित गरिएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगित भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

२३ असार २०८१, आईतवार ०८:२८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading