14, Dec, 2024

राज्यका सवै संयन्त्रको पूर्ण परिचालन गर्दै प्राकृतिक प्रकोपको क्षति न्यूनिकरण गर्न गृहमन्त्रीको निर्देशन

Bagmati Voice
संवाददाता
२२ असार २०८१, शनिबार १९:३३ | ५ महिना अगाडी

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले राज्यका सवै संयन्त्रको पूर्ण परिचालन गर्दै प्राकृतिक प्रकोपको क्षति न्यूनिकरण गर्न निर्देशन दिएका छन ।
निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे गृहमन्त्रालयमा छलफल गर्दै लामिछानले सरकारले गरेको पूर्ण तयारीका कारण यसअघिको भन्दा क्षति कम भएको देखिएको भन्दै जोखिम कायमै रहेकाले राज्यका सवै संयन्त्रको पूर्ण परिचालन गर्दै प्राकृतिक प्रकोपको क्षति न्यूनिकरण गर्न निर्देशन दिएका हुन ।

उनले सिमित स्रोत साधनका कारण सरकारको तयारी प्रयाप्त नभएपनि गम्भीरताका साथ फिल्डमा खटिन समेत निर्देशन दिए ।

पहिरोको समस्या धेरै देखिएकाले जोखिमयुक्त क्षेत्रको पहिचान गरि बस्तीमा रहेका नागरिकलाई स्थानान्तरण गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उनले बताएका हुन ।

उनले क्षति भएका स्थानका नागरिकलाई खाधान्न तथा कपडाको व्यवस्था गर्न पनि निर्देशन दिए । बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायतको उपस्थीति रहेको थियो ।

२२ असार २०८१, शनिबार १९:३३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading