16, Jul, 2024

महाधिवेशन सकेलगत्तै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे धवकुमार नेपाल

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ असार २०८१, शुक्रबार १५:४८ | १ हफ्ता अगाडी

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । महाधिवेशन सकिएलगत्तै नेपाल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

कांग्रेससँगको सहमतिपछि एमालेले सरकार छाडेसँग प्रचण्ड सरकार अल्पमतमा परेको छ । संसदका दुई ठूला दलले राजीनामा गर्न दिएको सुझाव अस्वीकार गर्दै प्रधानमन्त्रीले संसदमै फेस गर्ने बताएका छन् । यसका लागि असार २८ मा विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयमा समेत पत्र पठाइसकेका छन् ।

नेकपा एसले भने प्रधानमन्त्रीको पक्षमा उभिने भन्दै आफूहरू सरकारबाट नहट्ने प्रष्टीकरण दिइसकेको छ ।

२१ असार २०८१, शुक्रबार १५:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading