वि.सं.२०८२ जेठ १ बिहीवार

बेलायती चुनावमा सत्ताधारी दल टोरिज्‌को लज्जास्पद पराजय, प्रतिपक्षी लेबरको एकल बहुमत

एजेन्सी । बेलायती चुनावमा लगातार १४ वर्षबाट सत्ताधारी भएको कन्जरभेटिभ दलको लज्जास्पद पराजय भएको छ ।

टोरीज् भनेर चिनिने सत्ताधारी दलले बेलायती सदनको ६५० सिटमा तीन अंकको सिट पुर्‍याउन नसकेर ८२ मा खुम्चिएको छ । टोरिज्ले हालसम्म १९३ सिट गुमाएको बीबीसीले उल्लेख गरेको छ ।

यस्तै प्रमुख प्रतिपक्षी लेबर पार्टीले पछिल्लो चुनाव भन्दा १७५ सिट बढाएर अहिलेसम्म ३६२ सिट ल्याएको छ । १२४ सिटको नतिजा आउन बाँकी हुँदै लेबरको एकल बहुमत भन्दा बढि सिट आएको हो ।

३२६ मा बहुमत पुग्नेमा लेबरको बहुमत बढी सिट आइसकेको छ । लेबर पार्टीको एकल बहुमत आएसँगै १४ वर्षबाट सत्ताहिन भएको लेबरले सत्ता चलाउने भएको हो ।

अबको चार दिनमा बेलायती सदन संचालनको कार्यतालिका रहेको छ । लेबरको बहुमत आएसँगै लेबरका नेता केइर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का भएको छ ।