वि.सं.२०८३ वैशाख १९ शनिवार

पेनाल्टी सुट आउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

khanepani

काठमाडौं ।साबिक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

पेनाल्टी सुटआउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हाे।

शुक्रबार बिहान भएको क्वाटरफाइनलमा अर्जेन्टिनाले टाइब्रेकरमा इक्वेडरलाई ४-२ गोलले हरायो।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो।

लियोनल मेस्सी पहिलो पेनाल्टीमा चुकेपनि त्यसपछि अर्जेन्टिनाले लगातार चार प्रहारमा गोल गरेको थियो। इक्वेडरले सुरुका दुई प्रहारमा गोल गर्न सकेको थिएन।

ranechhap