22, Jul, 2024

टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी

बागमती भ्वाइस
बागमती भ्वाइस
१९ असार २०८१, बुधबार १३:०१ | २ हफ्ता अगाडी

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक अहिले बसिरहेको छ । टीआरसी सहजीकरणका लागि बनाइएको संयन्त्रको पहिलो बैठक एमाले संसदीय दल कार्यालय सिंहदरबारमा बसिरहेको हो ।

सहजीकरण कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएर कार्यदल गठन गरिएको थियो ।

१९ असार २०८१, बुधबार १३:०१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading