22, Jul, 2024

नेकपा एमालेको सचिवालय बैठक च्यासल ललितपुरमा सुरू

बागमती भ्वाइस
बागमती भ्वाइस
१८ असार २०८१, मंगलवार १५:२० | २ हफ्ता अगाडी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।

पार्टी मुख्यालय च्यासल ललितपुरमा एमालेको सचिवालय बैठक सुरू भएको हो ।

बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।

सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।

१८ असार २०८१, मंगलवार १५:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading