16, Jul, 2024

‘क्रान्ति अधुरै छाडेकोमा बाबुरामको प्रचण्डसँग आपत्ति, भूराजनीतिक चलखेलले राज्य जित्न सकेनौं'(भिडिओ सहित)

Bagmati Voice
संवाददाता
१५ असार २०८१, शनिबार १८:५७ | २ हफ्ता अगाडी

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रले थालेको जनयुद्ध अधुरै रहेको जिकिर गरेका छन् । प्रकाश विकल्पको ‘एन्टिथेसिस’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्ति सकिएको छैन, अझै जारी राख्नुपर्छ भन्दा आफू एक्लिएको बताए ।
उनले भने, ‘अहिले १७ हजार भन्छन्, २१ औं शताब्दीको सुरुमा आएर सबैले विद्रोह गर्नुपर्छ भनेर महान काम गरेका हौं । ढिलो भयो पो भन्नुपर्ने हो तपाईंहरुले । पहिले ढिलो भएको हो, अहिले अपूरो भयो भन्ने हो मेरो बुझाइ । मैले आधा गिलास भरी आधा खाली किन भनें ? माओवादी पार्टी र सार्थीहरुसँग मेरो आपत्ति छ । भूराजनीतिक कारणले हाम्रो क्रान्ति अपूरो थियो । भूराजनीतिक चलखेल नभएको भए यो राज्यलाई हामी जित्थ्यौं । तर, चलाउन सकिँदैनथ्यो, त्यो त बुझेकै थियौं नि !’

नेता भट्टराईले माओवादीका नेताहरूलाई लक्षित गर्दै क्रान्ति अधुरो भएको स्वीकार्न तयार नभएको बताए ।

उनले थपे, ‘भूराजनीतिले बाहिरबाट हस्तक्षेप गर्थ्यो, फेरि अफगानस्ता, सिरिया, युक्रेन जस्तो हुने खतरा हुन्थ्यो । त्यो भएकाले हामीले सम्झौता गरेर जाऔं भनेकै हौं । तर, त्यतिबेला सम्झौता नगरौं भन्ने साथीहरु अहिले क्रान्ति पूरा भएको जस्तो गरेर बसिरहेका छन् । क्रान्ति पूरा भएको छैन भन्ने मान्छे चाहिँ एक्लिएको छ अहिले ।’

१५ असार २०८१, शनिबार १८:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading