काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन तोलाको ८७ हजार ४०० रुपैयाँ कायम भएको थियो । त्यसैगरी आज तेजावी सुनको मूल्य ८६ हजार ९५० रुपैयाँ कायमा भएको छ । आज चाँदी प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ ।









































