वि.सं.२०८३ वैशाख २० आइतवार

हिमगंगा उच्चमाविका पूर्व विद्यार्थीहरुले गरे सेवानिवृत शिक्षकहरुको सम्मान, गरियो २०७८ को शुभकामना आदान प्रदान

khanepani

काठमाडौं । रामेछाप जिल्ला हिमगंगा उच्चमावि साँघुटारका २०५३ ब्याजी पूर्वविद्यार्थीहरुले विद्यालयका अवकाशप्राप्त गरिसकेका शिक्षकहरुलाई एक कार्यक्रममा सम्मान गरेको छन ।

आज ५३ ब्याजी विद्यार्थीहरुको आयोजनामा हिमगंगा उच्चमाविमा अध्यायन गरेका पूर्व विद्यार्थीहरुको बनभोज तथा सस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ । सो अवसरमा शिक्षकहरु झानहरी दाहाल, युवराज सुवेदी, प्रेमबहादुर बुढाथोकि, प्रेमबहादुर तामाङ.राजकुमार श्रेष्ठ. इच्छाबहादुर बुढोथोकी, तेजबहादुर बुढाथोकी, राधदेवी उदास, शुशीला श्रेष्ठ र यतनहरी सुवेदीलाई ५३ व्याजी विद्यार्थीहरुका अध्यक्ष मनोज कुमार बज्रार्चायले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

साथै सो अवसरमा पूर्व विद्यार्थी तथा पूर्व प्रशासनक दिवत कुमार श्रेष्ठ र त्रिभूवन विश्वविद्यालयलका प्राध्यापक डा. राजेश राईलाई पनि सम्मान गरिएको छ ।सो अवसरका २०७८ सालको क्यालेन्डरको विमोचन पनि गरिएको छ । सहभागीहरुले २०७८ सालको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
सो कार्यक्रमको संचालन राजन सुबेदीले गरेका थिए ।

ranechhap