वि.सं.२०८३ वैशाख १९ शनिवार

दाङ माइक्रो बस दुर्घटनाका मृतक र घाइतेको खुल्यो पहिचान (सूचीसहित)

khanepani

दाङ । दाङमा भएको बस दुर्घटना मृतक दुबै जनाकै पहिचान खुलेको छ।

घोराहीबाट लमहीतर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बाहक माइक्रोबस शुक्रबार बेलुका ५ः४० बजेतिर मसोटको ओरालोमा दुर्घटना भएको थियो।

दुर्घटनामा परी लमही नगरपालिका– ९ पैतेका २९ वर्षीय अतिराम चौधरी र रूपेन्देहीको सैनामैना नगरपालिका २८ वर्षीय यादव खनालले ज्यान गुमाएका हुन्।

दुर्घटनामा थप २९ यात्रु घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका १५ की १८ वर्षीया अञ्जना चौधरी, २० वर्षीया आरती कुँवर, २० वर्षीया सितल कुँवर, घोराही २ रामपुरकी ३२ वर्षीया सुशीला पोख्रेल, १२ वर्षीय सिम्बोल सुवेदी, घोराही ७ की ४५ वर्षीया श्यामकुमारी चौधरी घाइते भएका छन्।

यस्तै लमही नगरपालिका १ का ४६ वर्षीय बेलपती चौधरी, सोही ठाउँका ७० वर्षीया लिलावती चौधरी, लमही १ का ४० वर्षीया आशा चौधरी, लमही २ सोनपुरकी ५४ वर्षीया सीता चौधरी, सोही ठाउँकी ५५ वर्षीया फुजुवा चौधरी र उनकी १६ वर्षीया छोरी बबी चौधरी, लमही २ कै ३० बर्षीया श्यामकुमारी चौधरी, लमही ५ कोलहीकी १८ वर्षीया अनुजा चौधरी, लमही ६ खैरीका ६३ वर्षीय यमराज नेपाली घाइते भएका छन्।

त्यस्तै लमही ६ की ३९ वर्षीया निर्मला नेपाली, ३२ वर्षीया सुनिता नेपाली, ६१ वर्षीय जंगबहादुर घर्ती, २७ वर्षीय दिलु चौधरी, लमही ७ का ३८ वर्षीया चन्द्रकली चौधरी, लमही ९ का ३२ वर्षीय कमल चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै राप्ती गाउँपालिका १ का २८ वर्षीय दिलकुमारी चौधरी, सोही वडाको गुरुङखोलाका २७ बर्षीय सावित्री वली, २ वर्षीया रोषी वली, राजपुर गाउँपालिका ४ दुलहियाका ४० वर्षीया फूलमाया घर्ती घाइते भएका छन्।

त्यस्तै रोल्पा परिवर्तन गाउँपालिका १ खुरेलीका ५१ वर्षीय तेजप्रसाद घर्ती, ५४ वर्षीय लालमाया घर्ती, मोरङ घर भएका ३६ वर्षीय खड्कबहादुर श्रेष्ठ घाइते भएका छन्।

घोराही–लमही सडकखण्ड अन्तर्गत पर्ने मसोटको ओरालोमा माइक्रोबसले कारलाई ठक्कर दिएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

ब्रेक फेल भइ माइक्रोले कारलाई ठक्कर दिएको र त्यसपछि दूर्घटनामा परेको प्रहरीको प्रारम्भीक अनुमान छ।

घाइते मध्ये केहीलाई बुटवल रिफर गरिएको छ भने अन्यको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा उपचार भइरहेको छ।

चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ranechhap