वि.सं.२०८३ वैशाख २० आइतवार

ताइवानको टनेलभित्र रेल दुर्घटना: ३६ जनाको मृत्यु

khanepani

एजेन्सी । ताइवानमा शुक्रबार एउटा यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ।

राजधानी ताइपेईबाट तैतुङतर्फ गइरहेको रेल एउटा टनेलभित्र लिकबाट छुटेर बाहिर गएको थियो। त्यसपछि उक्त रेल एउटा ट्रकसँग ठोक्कियो। अहिले पनि झन्डै ७० जना यात्रु रेलभित्र चेपिएको बताइएको छ।

ताइवानमा चार दशकमा भएको यो सबभन्दा गम्भीर रेल दुर्घटना हो।

रेलमा ३५० जना यात्रु सवार थिए। सिट भरिएकाले धेरै मानिसहरू उभिएरै यात्रा गरिरहेका बेला दुर्घटना भएको ताइवानका मिडियाहरूले उल्लेख गरेका छन्।

ranechhap