काठमाडौं । नेकपा एमालेले दूधको बक्यौता भुक्तानी माग गर्दै विरोधमा उत्रिएका किसान पक्राउ परेको विषयमा आपत्ति जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले दूधको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘दूध बेचेको रकम भुक्तानीको लागि आन्दोलन गर्ने परिस्थितिमा पुगेका छन्। किसानहरूले २ अर्ब दूधको मूल्य प्राप्त गर्नुपर्नेछ। नीजि डेरीबाट तीन अर्ब लिनुपर्नेछ। ६ लाख किसानहरूको दूधको रकम राज्य वा नीजि डेरीबाट पाउनुपर्नेछ।’
उनले प्रधानमन्त्री, कृषि मन्त्री र अर्थमन्त्रीको ध्यानाकर्षण गराए। किसानहरूको न्यायोचित मागहरू पूरा गराउनको लागि सरकारले वार्ताको माध्यमबाट भुक्तानीको सुनिश्चितताको माग गरे।








































