20, Jun, 2024

दिल्लीबाट प्रधानमन्त्रीले भने, ‘मोदीजीले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ’

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ जेष्ठ २०८१, सोमबार १५:१० | १ हफ्ता अगाडी

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।

मोदीको शपथ कार्यक्रममा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री प्रचण्डले दिल्लीस्थित दूतावासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मोदीसँगको भेट सकारात्मक भएको बताए ।

उनले भने, ‘मैले उहाँले शपथपछि पहिलो भ्रमण नेपालबाट गर्नुपर्‍यो भन्ने कुरा गरें । उहाँले स्वीकार्नुभएको छ । म पहिला नेपाल जान चाहेको पनि बताउनुभयो, तर अहिले जी सेभेनको बैठक इटालीमा भएको हुँदा त्यताबाट फर्केपछि आउँछु भन्नुभएको छ । अब उहाँले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो अघिल्लो पटक भारत भ्रमणको क्रममा भएका सहमति र समझदारीहरु कार्यान्वयनको विषयमा समकक्षीसँग छलफल भएको बताए ।
उनले मोदीसँग सीमासम्बन्धी समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

२८ जेष्ठ २०८१, सोमबार १५:१० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading