14, Jun, 2024

रामप्रसाद सुवेदी स्विट्जरल्याण्डका लागि आवासीय तथा लोक बहादुर थापा निकारागुआको गैर आवासीय राजदूत नियुक्त

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ जेष्ठ २०८१, सोमबार १३:३४ | ३ दिन अगाडी

काठमाडौं । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्डका लागि नेपाली आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।

सुवेदीलाई सान मारियो देशको गैर आवासीय राजदूतसमेत बनाइएको छ ।

यस्तै, हालका संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई ल्याटिन अमेरिकी मुलुक निकारागुआको गैर आवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्तिमार्फत् जानकारी दिएकी छिन् ।

२८ जेष्ठ २०८१, सोमबार १३:३४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading