वि.सं.२०८१ माघ २८ सोमवार

नेपाली बजारमा सोमबार सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौ । काठमाडौ नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार एकैदिन प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

आइतबार प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Untitled